शनिबार, साउन १२, २०८१

सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजना मृत फेला

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ पानीस्वारामा मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टरअनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर थिङ र ट्याक्टरका चालक बारा निजगंढ नगरपालिका-१३ बस्ने २६ वर्षीय डिलम थिङ रहेका छन्।

triton college

ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका-८ छेबुकमा प्र.१-०१-००१ ज ३४३७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गाडी चालक फुङलिङ नगरपालिका घर भएका ३० वर्षीय निसान लिम्बुको मृत्यु भएको छ। बिग्रिएको गाडी धकेल्ने क्रममा गाडीले थिच्दा उनको मृत्यु भएको हो।

झापा, मेचिनगर नगरपालिका-१३ स्थित सडकमा प्रदेश १-०३-००१ प २६५३ नम्बर र प्रदेश १-०१-०१६ प ७६४९ नम्बरका २ वटा मोटरसाइकल पुलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा प्रदेश १-०१-०१६ प ७६४९ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका-३ बस्ने २० वर्षीय मनिस बासकोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ भने प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल चालकलाई
उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ।

पाल्पा, रैनादेवी छहरा गाउँपालिका-२ स्थित सीजी कम्पनीको कम्पाउण्डभित्र लु.१ क ३१६१ नम्बरको टिपर आइतबार राति दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका-१ ख्या बस्ने २४ वर्षीय शिर बहादुर पालुङ्गेको मृत्यु भएको छ। माटो सार्ने क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।

मृत फेला
धनुषा, मिथिला नगरपालिका-५ श्रीपुरस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

Metro Mart
vianet

हुम्ला, खार्पुनाथ गाउँपालिका-४ छिप्रा बस्ने प्रबजन उपाध्यको घरको तल्लो तलामा रहेको गाईगोरु बाँध्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

झापा, मेचिनगर नगरपालिका-१३ पुरानो आईतबारे हटियास्थित बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Dec 04, 2023| 13:21 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्