शनिबार, वैशाख १२, २०८३

उपत्यकामा चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

आज सोमबार देशभरको मौसममा बदली भएको छ। देशैभर चिसो बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। मुस्ताङ, मनाङ, हुम्लालगायत हिमाली भूभागमा हिउँ परिरहेको छ भने पश्चिमी केहि भूभागमा पानी परिरहेको छ।

National life

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज काठमाडौं तथा आसपासका क्षेत्रमा जाडो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम ७.७ डिग्री तथा अधिकतम तापक्रम २१.२ डिग्री मापन गरिएको छ।

वर्षा, हिमपातसँगै देशभरिको तापक्रम घटेर हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। आगामी तीन दिनसम्म मौसमको अवस्थामा यहि निरन्तरता जारी रहनेछ। बुधबारसम्म पनि देशभरको मौसममा आंशिक बदली रहने पुर्वानुमान गरिएको छ।

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। 

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए। हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको छ।

kumari

मुस्ताङमा पनि यस याममा पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन्। कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन्।

 

प्रकाशित: Dec 04, 2023| 13:13 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्