शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बालिकालाई यौन धन्दामा लगाउने युवती पक्राउ

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

ntc landingntc landing

काठमाडौं- नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने तनहुँ भिमाद घर भएकी २५ वर्षीया सपना तामाङ भन्ने पुजा राना रहेकी छन्।

himalayan bank box

नयाँ बसपार्क तथा कलंकीका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई नयाँ बसपार्कबाट बिहीबार पक्राउ गरेको हो।

साथै उक्त व्यूरो र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था समेतको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाको उद्दारसमेत गरेको छ। अभियुक्तले नाबालिकाहरुलाई विभिन्न काममा लगाई दिने, आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारि बोलाई आफ्नो तथा अन्य होटल र गेष्टहाउसहरूमा समेत पठाई विगत १० महिनादेखि जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको छ।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
 

प्रकाशित: Dec 04, 2023| 13:01 सोमबार, मंसिर १८, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्