बिहीबार, असार २५, २०८३

अपांगता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

काठमाडौं- नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ।

निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपांगता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ’, निगमले भनेको छ।

उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने निगमको भनाइ छ।

प्रकाशित: Dec 03, 2023| 22:28 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्