शनिबार, साउन १२, २०८१

चिनिएनन् चितवनमा भेटिएका शव, कपडापछि स्केच सार्वजनिक

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। मंसिर ६ गते भरतपुर महानगरपालिका-१२ मिलन चोकस्थित पूर्व-पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो। 

triton college

दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्‍थामा शव फेला परेको थियो। शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ। प्रहरीले आइतबार पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक गरेको छ। यसअघि मृतकका कपडाहरू सार्वजनिक गरिएको थियो। प्रहरीले मृतकको शरीरमा रहेका चिजवस्तु, चिन्ह तथा कपडाहरुको तस्बिर सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न आग्रह गरेको छ।

प्रहरीले शव पहिचानका लागि ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको छ। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा ९८५५०९०१३३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

पुरुषको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SUPER DRY लेखिएको निलो रंगको कट्टु
२) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी थान
३) RUPA FRONTLINE साइज 80 CM लेखिएको सेतो रंगको सेन्डो

महिलाको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SIZE L लेखिएको प्याजी रंगको लेगिन्ज
२) सल ( रातो र पहेलो रंग मिसिएको र रातो रंगको )
३) माला (रातो डोरा सहित एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको)
४) कानको झुम्का
५)  बायाँ हातमा A, M र Y (अस्पष्ट ) जस्तो र S स्पष्ट लेखिएको र चित्र आकार भएको ट्याटु
६) पेन्टी रातो वा कलेजी रंगको
७) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको
८) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको

Metro Mart
vianet

स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ।

प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: Dec 03, 2023| 19:44 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्