शनिबार, वैशाख १२, २०८३

अनलाइनमार्फत यौन व्यवसाय चलाउने गिरोहका पाँच जना पक्राउ

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

National life
kumari

काठमाडौं- अनलाइनमार्फत ‘यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोप छ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भई हाल कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी–६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट–५ घर भई हाल बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 03, 2023| 19:30 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्