आइतबार, मंसिर २८, २०८२

करिब १३ किलो चरेससहित दम्पती पक्राउ

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

नेपालगञ्ज- कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन्।​

National life

लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिवार राति पौने ९ बजे उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जिपसहित १२ किलो ७ सय ४ ग्राम चरेस, २ किलो १ सय १६ ग्राम अफिम बरामद गरेको हो।​

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए।

Laxmi sunrise bank
kumari

तत्कालीन समयमा  रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो। साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ​​लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरूलाई १४ देखि १५ वर्ष वा जन्मकैद र पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्नेछ।

प्रकाशित: Dec 03, 2023| 21:41 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्