शनिबार, साउन १२, २०८१

जेलमा रहेका बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी नेता खाणलाई कांग्रेसले सम्मान गरेको हो।

triton college

सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मानपत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका थिए। ‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न। बालकृष्ण खाणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए। सभापति देउवाको हातबाट बालकृष्णको सम्मानपत्र उनका भाइ रामकृष्णले ग्रहण गरेका थिए।

पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन्। नेपालीलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो।

खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले माग गरे पनि सभापति देउवाले अदालतबाट अभियोग पुष्टि भइनसकेको भन्दै कुनै निर्णय गरेका छैनन्।

प्रकाशित: Dec 03, 2023| 11:27 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्