मंगलबार, पुस १, २०८२

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्किँदैछन्।

National life

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स युएई पुगेका थिए।

आइतबार साँझ ६:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। यसअघि प्रचण्डले शनिबार कोप सम्मेलनलाई सम्बोधन गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान रहे पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव झेलिरहेको बताएका थिए।  

प्रकाशित: Dec 03, 2023| 10:08 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्