शनिबार, साउन १२, २०८१

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ।

triton college

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। 

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने तयारी समेत गरेको छ।

प्रकाशित: Dec 03, 2023| 09:21 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्