बिहीबार, असार २५, २०८३

पार्टीलाई बलियो बनाउने अभियानमा लागौं : देउवा

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

लुम्बिनी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए। ‘कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ’, उनले भने, ‘पार्टीलाई एक बनाउन लाग्नुस् मेरो आग्रह छ, पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ।’

सभापति देउवाले बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाउने सन्देश दिनुपर्नेमा पनि जोड दिँदै भने– ‘बुद्ध जन्मेको ठाउँमा छौँ, यही भूमिबाट कांग्रेसलाई बलियो बनाउने सङ्कल्प गरौँ।’

प्रकाशित: Dec 02, 2023| 21:15 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्