मंगलबार, पुस १, २०८२

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ। मुलुकमा प्रादेशिक संरचनासहितको संघीयता लागू भएपछि कांग्रेसको यो पहिलो प्रदेश सम्मेलन हो।

National life

भोलिसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहलाई पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा १२ जिल्लाका जिल्ला सभापति, ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ महाधिवेशन प्रतिनिधि, प्रदेशका संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुने छन्।

यस्तै, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीलगायत ७ सय ५० भन्दा बढीको सहभागिता रहने छ।

बन्द सत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुनेछ। सो प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने लुम्बिनी कांग्रेसले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 02, 2023| 11:28 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्