बुधबार, जेठ ९, २०८१

खरको छानामा आगो नलाग्ने प्रविधि आयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर-  खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । 

नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो । 

खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए ।
'खर र माटो स्थानीयस्तरमा नै उपलब्ध छ, एक हजार पाँच सय रूपैयाँदेखि दुई हजारसम्म प्लास्टिकमा खर्च गरेपछि घरलाई सुरक्षित बनाउन सकिन्छ,' उनले भने, 'खरले छाइसकेपछि त्यसको बाहिरबाट माटोले लिप्सने र त्यस बाहिर प्लास्टिक हाल्दा आगो लाग्न पाउँदैन ।'  यो प्रविधि गाउँगाउँमा पुर्‍याएर गरीब बस्तीलाई जोगाउनुपर्ने पनि उनले बताए ।

अध्ययन र अनुसन्धानबाट सफल देखिएको यो प्रविधिलाई नास्टले समुदायमा हस्तान्तरणसमेत गर्न थालेको छ । यो प्रविधिको उपयोग र आगोबाट बस्ती जोगाउनका लागि नागरिकलाई जागरुक बनाउने उद्देश्यले मुलुकका विभिन्न २० ठाउँमा यस सम्बन्धी कार्यशाला गरिसकेको प्रमुख ढकालले बताए।

रौतहट, सिराहालगायत जिल्लाका मुसहर बस्तीमा यो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । खरको छाना भएका बस्तीमा यो कार्यक्रम फैलाउँदै जाने योजना नास्टको छ । 

नास्टले विकास गरेको अरु प्रविधि जस्तै यो प्रविधि देख्दा स्थानीयवासीलगायत सबै जना अचम्ममा पर्छन् । सम्बन्धीत स्थानीय प्रशासनले पनि चासो देखाएर यो प्रविधिलाई गाउँबस्तीसम्म लैजानुपर्ने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर नास्टका प्रतिनिधि फर्किएपछि त्यसमा तदारुकता नदेखाएको प्रमुख ढकालको अनुभव छ । उनले भने, 'देख्नासाथ जादु जस्तो मानेर गरिहाल्छु भने धेरै छन् तर प्रविधिलाई आत्मसात् गर्नेको सङ्ख्या कम छन् ।' 

देश सङ्घीयतामा गएपछि स्थानीय सरकारले धेरै अधिकार पाएको छ । स्थानीय सरकारले नै यो प्रविधि ग्रामीण बस्तीमा पुर्‍याउन सक्ने उनले बताए । स्थानीयवासीलाई केही रकम आर्थिक सहयोग वा प्लास्टिक अनुदान दिँदा यो प्रविधि विपन्न वर्गले अपनाउँन सक्ने ढकालको विश्वास छ ।

एकातिर पक्की घर निर्माण बढ्ने र अर्कातिर माटोको घरमा पनि जस्ताको छानाको प्रयोग बढ्दै जाँदा नेपालमा खरको छानाको प्रयोग क्रमशः कम हुँदै गइरहेको छ । तराईका अति विपन्न परिवारले मात्रै खरको छाना हाल्ने गर्छन् । उनीहरुसँग प्लास्टिक किन्नसमेत पैसा नहुँदा स्थानीय सरकारले सहयोग गर्नुपर्ने नास्टको भनाइ छ । 

कतिपय स्थानमा कार्यशाला हुँदा जनप्रतिनिधिले चासो नदिएको गुणासो प्रमुख ढकालको छ । आफूले नयाँ काम थाल्दा आफैँले जस पाउने भए पनि अरुले गर्दा जस नपाउने चिन्ता राजनीतिमा संलग्नलाई हुन्छ, उनले भने, 'राजनीति गर्ने मान्छेले साँच्चै जनताका बारेमा विचार गर्ने हो भने यो प्रविधि शुरु गरेर विपन्न वर्गलाई संरक्षण गर्नैपर्छ ।'

नास्टले विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको छ । सफल भएको प्रविधि स्थानीयस्तरमा हस्तान्तरणसमेत गर्दै आएको छ । अहिले नास्टले स्थानीय सरकारसँगको सहकार्यमा जोड दिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...