शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गाजामा भोकमरीको संकट उच्च छ : राष्ट्रसंघ

 |  बुधबार, मंसिर १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले चेतावनी दिएको छ। 

himalayan bank box

डब्लूएफपीले इजराइल र हमासबीच युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार १६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ। 

पछिल्लो समय मंगलबार दुई दिनका लागि युद्धविराम थपिएको छ। युद्धविरामका लागि धन्यवाद दिँदै डब्लूएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, 'हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ।'  

डब्लूएफपीले अनुमान गर्दै भनेको छ, 'यदि डब्लूएफपीले निरन्तररूपमा खाना पुर्‍याउन सकेन भने गाजाको जनसंख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन्।'

खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि ६ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ। गाजामा संकट सुरु भएपछि डब्लूएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ। 

Metro Mart
vianet

प्रकाशित: Nov 29, 2023| 17:25 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्