शनिबार, असार २८, २०८२

तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते

 |  बुधबार, मंसिर १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

vianetvianet

काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। 

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। 

घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ। 

प्रकाशित: Nov 29, 2023| 08:06 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्