बुधबार, वैशाख ९, २०८३

देशका विभिन्‍न ठाउँमा २ पुरुष र २ महिलाको शव फेला

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

National life
kumari

काठमाडौं- देशका विभिन्‍न ठाउँमा चारजनाको शव फेला परेको छ। प्रहरीका अनुसार भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा संखुवासभा सिलिचोङ गाउँपालिका–१ का ५० वर्षीय प्रजाबहादुर राई मृत फेला परेका छन्।

त्यस्तै पर्वतको जलजलास्थित भिरमुनी सामुदायिक वनभित्र म्याग्दी मंगला गाउँपालिका–३ की ३० वर्षीया पुष्पा सापकोटा मृत फेला परेकी छन्। यसरी नै दैलेख नौमुले गाउँपालिका–४ कालिका ३८ वर्षीय भिमबहादुर योगीको शव उनकै घरमा फेला परेको छ।

त्यस्तै, धादिङ गजुरीस्थित त्रिशुली नदीको किनारामा नुवाकोटकी ५ वर्षीया एन्जिला तामाङको शव फेला परेको छ। सबै घटनाबारे प्रहरीले अनुसन्धान भइहरेको जनाएको छ। 

प्रकाशित: Nov 26, 2023| 19:40 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्