सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयद्वारा विशिष्ट सम्मान 

कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयद्वारा विशिष्ट सम्मान 

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ। स्थापना दिवसको अवसरमा भारत स्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान  दिएका विशिष्ट व्यक्तिको रुपमा सम्मानित गरेको हो। नोबेम्बर २५ मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ। सोही अवसरमा काङ्ग्रेस नेता लेखक सहित १०३ औं स्थापना दिवसको अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालय सम्मान गरेको छ। 

triton college

विश्वविद्यालयले विगतदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। लखनउ विश्वविद्यालयले भारत लगायत विदेशको शैक्षिक विकासमा समेत ठूलो योगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिएको बताए।

'केही समय अघि लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक  कुमार र नेपालका त्रिभुवन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति बीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको अवस्था छ,' नेता लेखकले भने, 'नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी  लगायतका सम्झौताहरु कार्यान्वयनका लागि मेरो पहलकदमी हुनेछ।'

आगामी दिनमा समेत शैक्षिक विकासको लागि विश्वविद्यालय सँग थप सहकार्य साझेदारी गर्ने उनले बताए। नेता लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालय बाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए। लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत छन्। यसअघि २ पटक मन्त्री भइसकेको नेता लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन्।
 

प्रकाशित: Nov 26, 2023| 17:39 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्