शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नो अभियानले देशको विकास गर्ने दुर्गा प्रसाईंको दाबी

आफ्नो अभियानले देशको विकास गर्ने दुर्गा प्रसाईंको दाबी

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरुको अभियानले देशको विकास गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरुबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरे। सबै नेपालीहरु राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ।

प्रसाईंले विभिन्न कारणले जनताहरुले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको बताए। सयौँ वर्ष आन्दोलनमा खर्चँदा देशमा विकास हुन नसकेको उनको तर्क छ। भ्रष्टाचार, तस्करविरुद्ध लड्न उनले आह्वान समेत गरे।

प्रसाईंले शान्तिपूर्ण रुपमा आफूहरुकोे अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए। आफूहरुलाई काठमाडौंमा निषेध गर्नेहरुलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी उनले दिए।

प्रकाशित: Nov 25, 2023| 17:13 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्