बुधबार, पुस २, २०८२

के योगले जन्डिस निको हुन्छ ?

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

केही मानिसमा असामान्य रुपमा आँखा, अनुहार र नङ पहेलो देखिने गर्छ। यस्तो हुनुलाई जन्डिस (कमलपित्त) भनिन्छ। विशेषज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा यस प्रकारको स्वास्थ्य समस्या पैदा हुन्छ। 

National life

हाम्रो कलेजोले राम्रोसँग काम नगर्दा रगतमा बिलुरुबिन नामको केमिकलको मात्रा बढ्छ। सामान्य अवस्थामा लिभरले यस रसायनलाई मल मुत्रको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ। 

शरीरमा बिलुरुबिनको मात्रा बढ्दा मानिसका हात, अनुहार, नङ, आँखा र पिसाबको रंग पहेलो हुन पुग्छ। यसलाई सामान्य भाषामा जन्डिस भनिन्छ। दूषित खाना र पानीको सेवनबाट जन्डिसको जोखिम हुन्छ। धेरै चिल्लो र पिरो खाना खाँदा पनि यसको जोखिम हुन्छ।

स्वास्थ्य विशेषज्ञका अनुसार केही यस्ता योगासन छन- जसले जन्डिस जस्ता रोगलाई निको गर्न सक्छन्। जन्डिस भएको सुरुको एक हप्ता योग मुन्दाको अभ्यास गर्नुपर्छ। योग मुन्द्राको अभ्यास गर्नका लागि सबै भन्दा पहिले सान्त मुन्द्रामा बस्नुपर्छ। शरीरलाई सिधा राख्नुपर्छ। 

यसका साथै मस्तिका प्राणायाम आसन पनि जन्डिस रोगीका लागि लाभदायक हुन्छ। यो आसन गर्नका लागि सबै भन्दा पहिले ध्यानपूर्वक सान्त बस्नुपर्छ। शरीरलाई एकदमै सिधा राख्नुपर्छ। हातलाई ज्ञान मुन्दामा घुडामा राख्नुपर्छ। कुहिना र काँधलाई हल्ला पार्नुपर्छ। त्यसपछि बिस्तारै लामो-लामो स्वास लिने र छोड्ने गर्नुपर्छ। लामो स्वास लिने र छोड्ने काम ३०-३० पटक गर्नुपर्छ।

Laxmi sunrise bank
kumari

कपालभाति प्राणायामले पनि जन्डिसको समस्याबाट छुट्कारा लदिन्छ। यो आसन गर्नका लागि सबै भन्दा पहिले सान्त मुन्द्रामा ध्यानमा बस्नुपर्छ। शरीरलाई एकदमै सिधा राख्नुपर्छ।  त्यसपछि नाकका दुवै प्यावको माध्यमबाट गहिरो स्वास लिनुपर्छ। यो प्रक्रिया १० मिनेटसम्म गर्नुपर्छ।

अनुलोम विलोमको सही अभ्यास गर्नाले अन्य प्राणयामबाट भन्दा बढी लाभ मिल्छ। सुखासन, अर्धपद्मासन, पद्यमासन वा सिद्धासनमा केही समय बस्ने । आरमपूर्वक बस्नुपर्छ। कम्मर, गर्दन र टाउकोलाई सोझो आसनमा राख्नुपर्छ।

बायाँ हातलाई घुडामाथि ज्ञान मुद्रामा राख्ने । दायाँ हातको बुढी औंलाले एकतर्फको नाक बन्द गर्ने र अर्को नाकले मध्यम गतिमा सास लिने। अब अर्को नाकलाई खुला गरेर सोहीबाट धिमा गतिमा दुई गुणा समय लगाएर सास बाहिर निकाल्ने । यतिबेला अर्को नाकको भने बन्द गर्नुपर्छ।

पुन यसरी नै बन्द गरिएको नाक खुला गर्ने। अर्को सास लिने र अर्को नाकले सास छाड्ने। यस प्रकारले कम्तीमा १० देखि १५ चक्र नियमित अभ्यास गर्ने। यसरी योग गर्दा जन्डिसबाट जोगिन सकिन्छ।

प्रकाशित: Nov 26, 2023| 05:41 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्