मंगलबार, मंसिर २, २०८२

हङकङमा एक मजदुरको मृत्यु 

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- हङकङको एक निर्माणस्थलमा ओगरले ठक्कर दिँदा बिहीबार एक जना कामदारको मृत्यु भएको छ। बिहीबार बिहान करिब सवा ११ जे द पिकस्थित पोलक पथमा रहेको निर्माणस्थलमा उक्त दुर्घटना भएको हो।

National life

निर्माणस्थलमा एक्साभेटरको मर्मत गरिरहेका ४४ वर्षीय कामदारलाई ब्याक गरिरहेको ओगरले ठक्कर दिएको थियो। ओगरको ठक्करबाट गम्भीर घाइते भएका लाइ उपनामका उनलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो।

वानचाइस्थित रुट्टोन्जी अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो। घटनाका सम्बन्धमा श्रम विभागले अनुसन्धान गरिरहेको छ।

विभागले स्थानीय अखबारलाई बताएअनुसार उक्त निर्माणस्थल हाइग्रान्ड डेभलपमेन्ट लिमिटेडको हो। कम्पनीको पोलक पथमा लक्जरी हाउजिङ प्रोजेक्ट सञ्चालित छ।

कम्पनीले आवासीय भवन बनाउनका लागि सन् २०२० को फेब्रुअरीमा भवन निर्माणको इजाजत पाएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 23, 2023| 20:40 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्