बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतसँग संयुक्त अभ्यास गर्न जाँदै नेपाली सेनाको टोली 

भारतसँग संयुक्त अभ्यास गर्न जाँदै नेपाली सेनाको टोली 

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

National life
kumari

काठमाडौं- भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो। यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ।

प्रकाशित: Nov 23, 2023| 20:10 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्