सोमबार, वैशाख २९, २०८२

जहाँ चिच्याएर वर मागिन्छ

 |  बिहीबार, मंसिर ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

पाल्पा- चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ। हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ। बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ।

triton college

भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए। उनका अनुसार यसवर्ष करिब दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ।

मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाड्ने र आफूले गाडेको लिंगो भोलिपल्ट चिनेर पूजा गरेपछि वर मागेर फर्कने परम्परा छ। मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ।

धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ। यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिंगो गाडेर पूजा गर्ने गरिन्छ। मन्दिर प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ।

एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकांक्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ।

National life insurance

परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ। नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गर्दछन्।

 

प्रकाशित: Nov 23, 2023| 13:51 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्