बुधबार, भदौ १७, २०८३

पोखरामा केपी ओलीको बलिङ–ब्याटिङ

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबिच प्रतिस्पर्धा हुँदैछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरे। अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे। उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए। मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ।

प्रकाशित: Nov 23, 2023| 13:43 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्