सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आतंक फैलाउने सामग्री सम्प्रेषण गर्ने युट्युबसहित १७ मिडियालाई काउन्सिलको २४ घण्टे पत्र

आतंक फैलाउने सामग्री सम्प्रेषण गर्ने युट्युबसहित १७ मिडियालाई काउन्सिलको २४ घण्टे पत्र

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

काठमाडौं- सञ्‍चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले बुधबार युट्युसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ। 

triton college

विभिन्‍न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतंकलाई प्रश्रय पुग्‍ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिमको कारबाही गरेको काउन्सिलले बुधबार विज्ञप्ति जारी गरेको हो। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चारमाध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको जनाइएको छ। 

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्‍नेतले नेपालको पत्रकारिताका मूल्य र मान्यताविपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्‍चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेका छन्। उनले भने, ' नेपालको पत्रकार आचारसंहिता र मूल्य-मान्यताविपरीत गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुऱ्याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं गालीगलौजपूर्ण, सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न नगराउन सञ्चार माध्यम र सोअन्तर्गत रहेका युट्युव लगायतका सामाजिक सञ्जाल, आम पत्रकार, सञ्चारकर्मीसहित सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आग्रह गर्दछौं।' 

यस्तै काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेका सञ्चार माध्यम (युट्युब च्यानल)लाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ।

‘आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लिल सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्ति लगायतका भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाललाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ’ विज्ञप्तिमा भनिएको छ। 

National life insurance

काउन्सिलले सर्वसाधारणलाई त्रसित एवं उत्तेजित बनाउने शीर्षक दिइ अफवाह फैलाउने, अवाञ्छित गतिविधिलाई प्रश्रय दिने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने र त्यस्ता सामग्रीलाई अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जित ढङ्गले चरित्रहत्या गर्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न-नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।
     
यी हुन् पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेपछि कारबाहीमा परेका सञ्चार माध्यम :

PCN-1-1700655346.jpg

PCN-2-1700655346.jpg

प्रकाशित: Nov 22, 2023| 18:02 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्