मंगलबार, असार १७, २०८२

युरोकप खेल्ने २१ देशको टुंगो लाग्यो

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरोकप २०२४ खेल्ने २१ देशको टुंगो लागेको छ। युरोकप छनोट अन्तर्गतका खेलहरु नेपाली समयअनुसार मंगलबार राति सकिएसँगै युरोकप खेल्ने २१ देशको टुंगो लागेको हो।

विभिन्न १० समूहका उत्कृष्ट दुई देशले सोझै जर्मनी युरोकपको टिकट काटेका छन्। जर्मनीले आयोजकको रुपमा सोझै युरोकप खेल्नेछ। यसरी २१ देश छनोट भइसकेका छन् भने बाँकी ३ देश प्लेअफमार्फत छानिएर आउनेछन्।

जर्मनी युरोकपमा स्थान सुरक्षित बनाउने देशहरुमा स्पेन, स्कटल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, इंग्ल्याण्ड, इटाली, टर्की, क्रोएसिया, अल्बानिया, चेक रिपब्लिक, बेल्जियम, अष्ट्रिया, हंगेरी, सर्बिया, स्लोभानिया, रोमानिया स्वीट्जरल्याण्ड, पोर्चुगल र स्लोभाकिया छन्। यी २० देश विभिन्न १० समूहका विजेता र उपविजेताका रुपमा युरोकपमा छनोट भएका छन्।

युरोकप छनोटमा गरेको प्रदर्शन र नेसन्स लिगमा गरेको प्रदर्शनका आधारमा १२ देशले ल्पलेअफ खेल्नेछन्। १२ देशलाई ४–४ गरी तीन समूहमा बाँडिएको छ। यी तीन समूहबाट एक/एक वटा गरी तीन वटा देश प्लेअफबाट छानिएर आउनेछन्।

प्लेअफ खेल्नेहरुमा बोस्निया एण्ड हर्जगोभिना, इस्टोनिया, फिनल्याण्ड, जर्जिया, ग्रिस, आइसल्याण्ड, इजरायल, काजकस्तान, लक्जम्बर्ग, पोल्याण्ड, युक्रेन र वेल्स छन्। यी १२ मध्ये फिनल्याण्ड, युक्रेन र आइसल्याण्ड नेसन्स लिगमा गरेको प्रदर्शनको आधारमा प्लेअफ खेल्ने मौका पाएका हुन्।

बाँकी ९ देश भने युरोकप छनोटमा गरेको प्रदर्शनका आधारमा प्लेअफ खेल्ने मौका पाएका हुन्। स्टार खेलाडी अर्लिङ हालाण्डको देश नर्वे समूह तेस्रो स्थानमा रहे पनि नेसन्स लिगको खराब प्रदर्शनका कारण प्लेअफबाट समेत वञ्जित भएको छ। छनोट भएकामध्ये समूह विजेताहरु स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, इंग्ल्याण्ड र आयोजक जर्मनीलाई ‘पट वान’मा राखिएको छ।

‘पट टु’ मा हंगेरी, टर्की, रोमानिया, डेनमार्क, अल्बानिया, अष्ट्रिया छन्। ‘पट थ्री’ मा नेदरल्याण्ड, स्कटल्याण्ड, क्रोएसिया, स्लोभानिया, स्लोभाकिया र चेक रिपब्लिक छन्। ‘पट फोर’ मा इटाली, सर्बिया, स्वीट्जरल्याण्ड र प्लेअफबाट छानिएका ३ देश रहेनछन्। आउँदो डिसेम्बर २ तारिखमा युरोकपको ड्र हुने मिति तोकिएको छ।

प्रकाशित: Nov 22, 2023| 11:40 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्