शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फिफा विश्वकप छनोट : यमनसँग नेपाल पराजित

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

ntc landingntc landing

काठमाडौं- फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोटमा नेपालले यमनसँग हार व्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो।

himalayan bank box

पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा यमनले नेपाललाई दुई गोल हानेको हो। यमनका ओमार अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल प्रहार गरे।

खेलको ७२ औँ मिनेटमा ओमारको गोलबाट अग्रता लिएको यमनका लागि ९० औँ मिनेटमा मोहम्मद अल दाहीले गोल गर्दै अग्रता दोब्बर पारे।

यो नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।

प्रकाशित: Nov 21, 2023| 21:36 मंगलबार, मंसिर ५, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्