शुक्रबार, असार २०, २०८२

चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

 |  सोमबार, मंसिर ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताए।

चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस क्षेत्रको दिशानिर्देश हुँदै आएको बताए।

आगामी दिनमा समेत मुलुकका लागि आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोसेढुंगा सावित हुनेगरी आयोगबाट कार्यसम्पादन हुँदै जाने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।

हाल उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको प्रधानमन्त्रीको कथन छ।

जनशक्ति उत्पादन वृद्धिमात्र नभई गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उतिकै अनिवार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियरुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताए।

प्रकाशित: Nov 20, 2023| 16:32 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्