बिहीबार, वैशाख २०, २०८१

एकदिवसीय क्रिकेट विश्वकप

कहाँ चुक्यो अपराजित भारत ?

यसअघि अस्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो। 
 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले एकदिवसीय विश्‍वकप क्रिकेटको उपाधि छैटौंपटक जित्यो। आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा अस्ट्रेलियाले भारतलाई स्तब्ध बनाएको हो। 

triton college

अस्ट्रेलियाले ४३ ओभरमै भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सक्यो। पहिलो तीन विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगे। ट्राभिसले विश्‍वकपको फाइनल खेलमा सतकीय पारी खेले। उनले १२० बलमा १३७ रन बनाए। यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए। उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे।

अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई मात्र ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो। मोहम्मद शमीको बलमा विराट कोहलीले उनलाई स्लिपमा क्याच आउट गरेका थिए। यस्तै मिचेल मार्सले पनि अस्ट्रेलियाको योगफलमा केवल १५ रन मात्रै जोड्न सके। उनी जसप्रित बुमराहको बलमा आउट भए। बुमराहले नै स्टिभन स्मिथलाई पनि ४ रनमै पेभेलियन फर्काए।

aus-worldcup-1700410960.jpgअस्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले २४१ रनको मात्र लक्ष्य प्राप्त गरेको थियो। भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरीह बनेपछि अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरुदेखि नै दबाब कायम गर्न सफल भएको थियो। भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो।

रोहित शर्माको अपराजित टोली भारतले फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेपछि उपाधिबाट चुक्न पुग्यो। १० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ घरेलु मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो।

corrent noodles
Metro Mart

भारतका ओपनर शुभमन गिल ४ रनमात्र बनाएर मिचेल स्टार्कको बलमा आउट भएका थिए। ३० रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेट ७६ रनमा गुमाएको थियो। कप्तान रोहित शर्मा अर्धशतक बनाउन केवल ३ रनले चुके। उनले ३१ बलमा ४७ रन बनाउँदा म्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए।

त्यसपछि ब्याटिङमा आएका श्रेयस अैय्यर पनि मात्र ४ रन बनाएर आउट भएपछि भारतमाथि दबाब बढ्न थालेको थियो। विराट कोहली र केएल राहुलले सम्हालिएको पारी खेलिरहेको अवस्थामा कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भए। त्यसपछि भारतको ठूलो योगफल खडा गर्ने सम्भावना क्षिण हुँदै गएको थियो। केएल राहुल चुनौतीपूर्ण लक्ष्य दिनका लागि प्रयास गरे पनि उनी ६६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए। अन्य ब्याट्स्म्यान पनि सस्तोमै पेभेलियन फर्किएका थिए।

यसअघि अस्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो। 

कोहली सर्वोत्कृष्ट खेलाडी
भारतीय खेलाडी विराट कोहली आइसीसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्। फाइनलमा पराजित भए पनि उनलाई आइसीसीले प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरेको हो। 

virat-kohali-1700396787.jpg

भारतलाई अपराजित रहँदै फाइनलमा पुर्‍याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए।

उनले न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १ सय १ रन बनाएका थिए। कोहलीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडीआईमा सर्वाधिक शतकको कीर्तिमान बनाएका थिए। उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए।

प्रकाशित: Nov 20, 2023| 06:38 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्