बिहीबार, वैशाख १०, २०८३

इलाममा बस दुर्घटना : एक जनाको मृत्यु, ३७ घाइते

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

इलाम- धनुषाबाट पर्यटक बोकेर आएको बस इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३७ जन घाइते भएका छन्।

National life

रोङ गाउँपालिकाको लसुने र अर्याल चोकको बीच भागमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो। 

भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

बसमा सवार ३७ जनामा सबै घाइते भएका छन्। बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

घाइतेमध्ये २६ जनाको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

kumari

प्रकाशित: Nov 19, 2023| 18:37 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्