मंगलबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अस्ट्रेलियाविरुद्ध संघर्ष गर्दै भारत: ४१ ओभरमा ५ विकेट गुमाएर २०० रन

अस्ट्रेलियाविरुद्ध संघर्ष गर्दै भारत: ४१ ओभरमा ५ विकेट गुमाएर २०० रन

 |  आइतबार, मंसिर ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

vianetvianet

आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले २०० रन पूरा गरेको छ। नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ४१ ओभरमा पाँच विकेट गुमाएर २०० रन पूरा गरेको हो।

भारतबाट हाल क्रिजमा केएल राहुल ६६ र सूर्यकुमार यादव नौ रनमा खेलिरहेका छन्। त्यसअघि भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सुभमन गिल र श्रेयस ऐयरले समान चार रन बनाएका थिए। विराट कोहली ५४ र रवीन्द्र जडेजा नौ रनमा आउट भएका थिए।

अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले दुई विकेट लिएका थिए। यस्तै ग्लेन म्याक्सवेल, जस हेजलवुड र मिचेल स्टार्क एक–एक विकेट लिए।

दुवै टिम प्रतियोगिताको १३औं संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

प्रकाशित: Nov 19, 2023| 17:43 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्