शनिबार, पुस ५, २०८२

विराट पनि आउट भएपछि भारतलाई दबाब

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अहिले घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ।

National life

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित चार विकेट गुमाएको छ।

चौथो विकेटको रुपमा विराट कोहली ५४ रन बनाएर आउट भएका छन्। उनलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे। त्यतिबेला भारतले ४ विकेटको क्षतिमा १४८ रन जोडेको थियो।

भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

अहिले राहुल र रविन्द्र जडेजा ब्याटिङ गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।

प्रकाशित: Nov 19, 2023| 16:43 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्