बिहीबार, वैशाख २०, २०८१

टस अस्ट्रेलियाले जित्यो, भारतले ब्याटिङ गर्ने

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

triton college
corrent noodles
Metro Mart

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए। जारी विश्वकपको लिग चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ।

 

प्रकाशित: Nov 19, 2023| 13:52 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्