बिहीबार, वैशाख १०, २०८३

छठ पूजाका लागि तीन सय घाट निर्माण

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

झापा– छठ पर्वका लागि झापाको दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन्।

National life

मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गत वर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ। गतवर्ष दुई  सय ४० वटा पण्डालसहितको घाट निर्माण गरिएका थिए।

छठमा पछिल्लो समय रुचि र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति दमकका अध्यक्ष कृष्ण साहले बताए।

दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ। विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए।

उनले भने, ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ।’

kumari

छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ। यहाँ ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन्।

मैथिली सेवा समितिले संस्थागत रुपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो।

प्रकाशित: Nov 19, 2023| 12:44 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्