शुक्रबार, असार १२, २०८३

महिला टी-२० : जापानलाई हराएर तेस्रो भयो नेपाल

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

काठमाडौं- चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ। हङकङमा आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो।

National life

नेपालले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो। जापानकी अकारी निशीमुराले सर्वाधिक २९ रन बनाइन्। यस्तै, हिनासी गोटोले १६ तथा अहिल्या चन्डेलले ११ रन बनाए।

नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।

नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन्। यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए।

जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले एक–एक विकेट लिए। सिरिजअन्तर्गत तान्जानिया र हङकङले उपाधिका लागि आज खेल्दैछन्।

Shivam cement

प्रकाशित: Nov 19, 2023| 11:19 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्