बिहीबार, वैशाख २०, २०८१

एकदिवसीय क्रिकेट विश्वकप

२० वर्षपछि उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन्। भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुनेछ।

triton college

सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएका थिए। जारी विश्वकपको लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो। उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ।

अष्ट्रेलिया भने लिग चरणमा २ खेल हारेपछि लयमा फर्किएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन उसले कडा मेहनत गर्नुपरेको थियो।

अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ। भारतले भने चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बनेको छ।

सन् २००३ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो र उपाधि अस्ट्रेलियाले जितेको थियो। त्यसयता अस्ट्रेलियाले २००७ को फाइनलमा श्रीलंका र २०१५ को फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो। अस्ट्रेलिया पाँच पटक च्याम्पियन बनिसकेको छ।

corrent noodles
Metro Mart

भारतले भने सन् २०११ मा घरेलु मैदानमा भएको भिडन्तमा श्रीलंकालाई हराएर दोस्रो उपाधि जितेको थियो। सन् २००३ पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि एकअर्कासँग भिड्दैछन्।

दुवै टोलीले अहिलेसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् भने ८३ जितसहित अस्ट्रेलिया भारतभन्दा (५७ जित) अगाडि छ। विश्वकपमा दुवै टोलीले एकअर्कासँग १३ खेल खेलेका छन् र यहाँ पनि अस्ट्रेलिया ८–५ ले अगाडि छ।

प्रकाशित: Nov 19, 2023| 06:48 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्