बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • कसले जित्ला विश्वकप क्रिकेटको उपाधि? प्रतीक्षाको घडी आज सकिँदै

कसले जित्ला विश्वकप क्रिकेटको उपाधि? प्रतीक्षाको घडी आज सकिँदै

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ को फाइनल खेल आज हुँदैछ। आयोजक भारत र अष्ट्रेलिया उपाधिका लागि मैदान उत्रिँदैछन्।

triton college

फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज मध्यान्न १२:४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन कार्यक्रममा इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिने तय भएको छ। उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पस्थित हुने प्रतियोगिताको फाइनल खेलअघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गरिनेछ भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ। कार्यक्रममा करिब ५ सय कलाकारले नृत्य प्रदर्शन गर्नेछन्।

क्रिकेटमा बलियो भए तापनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ। करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन् जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ।

फ्यानहरूले भारतको जितको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्पाप्याप्तिसँगै अहमदाबाद उत्साह र प्रत्याशाले गुन्जिएको छ।

corrent noodles
Metro Mart

शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ। होटलहरू पूर्ण रूपमा खचाखच भरिएका छन् सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बुक गरिएका समाचार सार्वजनिक भएका छन्।

यो खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान जुन १ लाख ३२ हजार क्षमताको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुँदै छ। सन् २०१४ मा प्रधानमन्त्री हुनु अघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दु राष्ट्रवादी नेताको घरेलु परियोजनाहरू मध्येको यो एक रङ्गशाला परियोजना थियो।

प्रकाशित: Nov 19, 2023| 06:20 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्