मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फाइबरयुक्त आहारका लाभैलाभ

 |  शनिबार, मंसिर २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

फाइबर हाम्रो शरिरको लागि एकदमै लाभकारी मानिन्छ। पेट, दिमागका साथै थुप्रै प्रकारको समस्यामा फाइबर लाभकारी मानिएको छ।

triton college

फाइबरमा एक प्रकारको कर्बोहाइड्रेट हुन्छ। यसले शरीरको आवश्यक पोषकतत्वको कमीलाई पुरा गर्छ। यसले हाम्रो पाचन तन्त्रलाई स्वस्थ राख्नमा मदत गर्छ
फाइबर आहारमा पाइन्छ, जो नपच्ने वाला कार्बोहाइड्रेट मानिन्छ। फाइबर युक्त खाद्य पदार्थमा प्रायः अनाज, फल, तरकारीहरु सामेल छ। फाइबर दुई प्रकारको हुन्छ, एक घुलनशील फाइबर र अर्को अघुलनशील फाइबर। जो शरीरको लागि आवश्यक पोषक तत्व मानिन्छ।

फाइबर शरीरको लागि आवश्यक छ किनभने यसले आन्द्रामा खानालाई जमा गरेर राख्छ र फाइबर युक्त आहारले भोक कम लाग्छ। जसले वजन नियन्त्रित गर्नमा लाभकारी मानिएको छ। यो आन्द्राको संक्रमण रोक्नमा समेत लाभकारी छ। चिकित्सकहरुको अनुसार महिलाहरुलाई २१ देखि २५ ग्राम सम्म फाइबर र पुरुषहरुलाई ३० देखि ३८ ग्राम सम्म फाइबर एक दिनमा खानु राम्रो हुन्छ।

फाइबरको मुख्य स्रोत दालहरु, फाइबर युक्त तरकारीमध्ये लौकी, ब्रोकाउली, मटर, बीन्स आदी हुन्छ। फलहरुमा स्याउ, तरबुजा, अनारमा भरपूर मात्रामा फाइबर पाइन्छ। त्यस्तै नट्स र सीड्समा पनि फाइबर पाइन्छ।

सही मात्रामा शरीरमा फाइबर भएमा शरीरलाई सुन्निनुबाट रोक्नुको साथै भोकलाई रोक्नमा मदत गर्छ। यसले वजन बढ्द दिदैन। यसका साथै फाइबरले कोलेस्ट्रल लेवललाई नियंत्रित राख्छ। तर शरीरमा अधिक मात्रामा फाइबर भएमा यसले बेफाइदा पनि गर्छ। जस्तै, एसिडिटीको समस्या हुने, पेटमा ऐंठन र  डायरिया तथा पेट फुल्ने समस्याहरु देखा पर्न सक्छ।

Metro Mart
vianet

प्रकाशित: Nov 18, 2023| 19:39 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्