बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुबै खुट्टा भाँचेर हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला

दुबै खुट्टा भाँचेर हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या भएको छ। चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै एक पुरुषको हत्या भएको हो। 

National life

गएको बिहीबार पूर्वपश्चिम राजमार्ग नजिकै लमाहा भन्ने ठाउँमा दुबै खुट्टा भाँचिएको, टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका अन्दाजी ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्थानीयले सडक छेउमा घाइते अवस्थामा ती पुरुषलाई देखेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए। 

त्यसपछि पुगेको प्रहरीले कालो र सेतो मिसिएको हाफ पाइन्ट, हरियो रंगको ज्याकेट लगाएको, पहेलो गम्छा फिरेको, टाउकोमा चोट लागेको, दुबै खुट्टा भाचिएको अवस्थाका ती पुरुषलाई उपचारको लागि  चन्द्रपुरस्थित सरकारी अस्पताल लगेको थियो। 

उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई कसैले आक्रमण गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

kumari


उक्त शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित: Nov 18, 2023| 09:45 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्