बिहीबार, कात्तिक ५, २०८३

महिला टी-२० सिरिज : नेपाल र जापान भिड्दै

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाल र जापान भिड्दैछन्। 

वाङनाइमा हुने खेल बिहान सबा ७ बजेदेखि सुरु हुनेछ। लगातार दुइ खेलमा पराजित नेपाल र जापान दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रदैछन्। 

लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल र जापानको फाइनल खेल्ने सम्भावना सकिएको छ। यद्यपि आजको खेलमा पराजित भएपनि दुवै टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। 

सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको थियो। 

उता जापानले भने हङकङसँग ९ विकेटले तथा तान्जानियासँग १ सय ११ रनको फराकिलो अन्तरले पराजित भएको थियो। आजै हुने अर्को खेलमा आयोजक हङकङसँग र तान्जानिया भिड्दैछन्। यो खेलको विजेताले समूह विजेताको टुङ्गो लगाउनेछ। 

दुवै खेलमा अपराजित हङकङसँग र तान्जानियाको समान ४ अंक भए पनि नटरनरेटमा घरेलु टोली अघि छ। समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रकाशित: Nov 18, 2023| 07:20 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।