मंगलबार, मंसिर २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लियो क्लब काठमाडौंले जाजरकोटका भूकम्पपीडितका लागि राहत संकलन गर्ने

लियो क्लब काठमाडौंले जाजरकोटका भूकम्पपीडितका लागि राहत संकलन गर्ने

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- जाजरकोटमा गएको विनाशकारी भूकम्पका पीडितहरुलाई सहयोग गर्नका लागि लियो क्लब काठमाडौंले राहत उपलब्ध गराउनका लागि 'फन्ड रेजिङ प्रोग्राम' आयोजना गरेको छ। 

लियो क्लब काठमाडौंले शनिबार बिहान ११ बजेपछि देउसी भैलो खेलेर जाजरकोटका भूकम्पपीडितका लागि राहत संकलन गर्ने जनाएको हो। 

देउसी भैलोबाट संकलन गरिएको रकम जाजरकोट र रुकुमपश्‍चिमका भूकम्प पीडितलाई पठाइने जनाइएको छ। जाजरकोटमा गएको भूकम्पमा १५३ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। त्यसैगरी हजारौं मानिसहरु घरबारविहीन भएका छन्। 
 

प्रकाशित: Nov 17, 2023| 18:55 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्