मंगलबार, जेठ २७, २०८२

महिला टी-२० : नेपाल हङकङसँग पराजित

 |  बिहीबार, कात्तिक ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

vianetvianet

काठमाडौं- चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो। नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो। यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ।

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो। त्यस्तै समान दुई जित निकालेको तान्जानिया पनि फाइनलमा पुगेको छ।

हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन्। उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको योगदान दिएकी हुन। त्यस्तै शानजिन शहजादले २० रन बनाइन्। मारिको हिलले ५ रन जोडिन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनाएको थियो। खराब ब्याटिङ गरेको नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन्। उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन्। रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

National life insurance

त्यसैगरी सीता रानामगरले ९ रन जोडिन भने रोमा थापाले ७ रन बनाइन्। नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो। नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो। पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन्। सम्झना खड्कालाई नेपालले दोस्रो विकेटको रूपमा गुमायो। उनी एक रन जोड्दै आउट भएकी हुन्।

तेस्रो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो। उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन्। चौथो नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै आउट भइन्।

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन। त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिए।

पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो। चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्। अब नेपालले मङ्सिर २ गते जापानसँग खेल्नेछ।

प्रकाशित: Nov 16, 2023| 14:56 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्