बिहीबार, माघ २२, २०८२

पाकिस्तानका कप्तान बाबर आजमले किन छोडे टिम?

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका छन्।

National life

भारतमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका छन्।

बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गर्दै टोलीलाई सीमित ओभरको क्रिकेटमा आईसीसी वरीयताको शीर्ष स्थानमा समेत पुर्‍याएका थिए। तर विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो। बाबरले ९ खेलमा ३ सय २० रन बनाएका थिए।

बाबरले टोलीको कप्तानी छाडे पनि खेलाडीको भूमिकामा ३ वटै फर्म्याटमा खेल्ने पनि बताएका छन्। उनले यो ४ वर्षका लागि क्रिकेट समर्थक र पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद पनि दिएका छन्।

प्रकाशित: Nov 16, 2023| 09:00 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्