सोमबार, कात्तिक १७, २०८२

विश्वकप छनोटमा आज नेपाल र यूएई भिड्दै

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ। 

Kumaribank

यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। समू एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्दैछ। 

फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ। युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोली आजको खेलमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ।

यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन्।  नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन्। 

टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन्। आजको खेलमा उनको अभाव खड्किन सक्ने छ।

Metro Mart

विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो। 

नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। 

समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
 

प्रकाशित: Nov 16, 2023| 08:08 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्