मंगलबार, वैशाख १८, २०८१

महिला टी–२० : हङकङसँग भिड्दै नेपाल 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- चारदेशीय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज आयोजक हङकङ र नेपाल प्रतिस्पर्धा गर्दै छन्। खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ। 

यसअघि हिजो भएको खेलमा नेपाल तान्जानियासँग पराजित भएको थियो। नेपाल २७ रनले तान्जानियासँग पराजित भएको थियो। 

नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ। श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन्।
 
शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Nov 16, 2023| 06:50 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्