बिहीबार, माघ २२, २०८२

आईसीसी विश्वकप : न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्ड भारतसँग ७० रनले स्तब्ध भएको छ। बुधबार वानखेडेमा भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो।

National life

टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस अय्यरको शतकको सहयोगमा चार विकेट गुमाएर पूरा ५० ओभर खेलेर ३९७ रन बनाएको थियो।

भारतका लागि कोहलीले ९ चौका र दुई छक्काको सहयोगमा ११३ बलमा ११७ रन बनाए। अय्यरले चार चौका र आठ छक्का हानेर १०५ रन बनाए। यसैगरी शुब्मन गिलले ८० रन, कप्तान रोहित शर्माले ४७ रन, केएल राउलले ३९ रन र सूर्यकुमार यादवले एक रन बनाए।

बलिङतर्फ न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए।

न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक ११९ बलमा १३४ रन बनाए। केन विलियमसनले ६९ रन बनाउँदा ग्लेन फिलिप्सले ४४ रन, डेवन कोनवे र रचिन रविन्द्रले समान १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Laxmi sunrise bank

बलिङतर्फ भारतका लागि मोहम्म शामीले सर्वाधिक सात विकेट लिए। जस्प्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान एक–एक रन लिए।

जितसँगै भारत फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि भारतले अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको खेलबाट हुने विजेतासँग खेल्ने छ। यी दुई टिमबीच बिहीबार प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित: Nov 16, 2023| 06:47 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्