बिहीबार, माघ २२, २०८२

महिला टी-२० : नेपाल तान्जेनियासँग २७ रनले पराजित

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- चार देश सम्मिलित महिला टि–२० शृङ्खलाअन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ।

National life

हङकङ क्रिकेट क्लबको मैदानमा बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो। जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। 

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन्। त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

 तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २  विकेट झारिन्। त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एक/एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जेनियाले  निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  एक सय १५ रनको योगफल बनाएको थियो। तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन्।

Laxmi sunrise bank

त्यस्तै ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११  तथा मोनिका पास्कलले १० रन बनाइन्।  बलिङतर्फ नेपालको लागि संगिता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिएकी थिइन्।

प्रकाशित: Nov 15, 2023| 11:34 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्