बुधबार, भदौ १७, २०८३

महिला ट्वान्टी- २० : हङकङमा नेपालले तान्जानियाको सामना गर्ने 

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- चारदेशीय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका खेल आजबाट सुरु हुँदै छन्। नेपालले आज श्रृंखलाको पहिलो खेलमा तान्जानियाको सामना गर्दैछ। 

नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ। श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन्।
 
शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाली महिला टिमको कप्तानी इन्दु बर्माले गर्नेछिन्। उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छन्। 

प्रकाशित: Nov 15, 2023| 08:18 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्