मंगलबार, वैशाख १५, २०८३

१० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं- मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ। 

National life

पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३० हजार हेक्टर जमिन बाँझो भएको हो। देशभरमा ३० लाख ९० हजार हेक्टर खेती योग्य जमिन छ। यसमध्ये २० लाख ६० हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। यी जमिनबाट वार्षिक रूपमा विभिन्न फसलको उत्पादन २ पटकभन्दा बढीसम्म लिने गरिन्छ। 

मन्त्रालयको तथ्यांक अनुसार ३४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न बालीको खेती गरिँदै आइएको छ। धान, मकै, गहुँ, कोदो, फापर, जौँ खाद्यान्न बालीमा पर्दछन्। एक वर्षमा १ करोड ७ लाख मेट्रिक टन खाद्यान्न बालीको उत्पादन हुन्छ। 

यस्तै, आलु, उखु, जुट, कपासलगायत बालीलाई नगदे बालीको रूपमा चिनिन्छ। यो बाली ५ लाख २८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ।

यस्तै, दलहन बालीको ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा खेती गरिन्छ। यसबाट मसुरो, केराउ, चान, मास, भटमास लगायत दालबाली ४ लाख मेट्रिक टन वर्सेनि उत्पादन हुन्छ। 

kumari

फलफूल, तरकारी, हलेदो, अदुवा, मौरीको घार लगायत अन्य बालीमा मन्त्रालयले राखेको छ। यसले ७ लाख ४० लाख हेक्टरमा क्षेत्रफल ओगटेको छ। 
 

प्रकाशित: Nov 14, 2023| 21:25 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्