आइतबार, मंसिर २१, २०८२

हमासको कब्जामा रहेका विपीन जोशी जीवित नरहेको पुष्टि

 |  मंगलबार, असोज २८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २८, २०८२

काठमाडौं- विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ। इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

National life

इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ। हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो।

नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जालका लेखेका छन्, “विपीन जोशी अब हामीमाझ रहनुभएन। दुई वर्षको आशा अब समाप्त भएको छ।”

इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन्। जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल गएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 14, 2025| 06:28 मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्