आइतबार, वैशाख २३, २०८१

ब्रेकअप भयो ? नआत्तिनुस्, यस्ता छन् फाइदा

विछोड हुँदा अथवा ब्रेकअप हुँदा कसलाई पो राम्रो लाग्ला र। कसलाई पो फाइदा होला र। यस्तै लाग्छ हामीलाई। त्यसबाट फाइदा हुने कुरा कसैले सोच्न पनि सक्दैन। तर, होइन।
 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

तपाईं-हामी धेरैले जीवनमा विछोडको अनुभव गरेका हुन्छौं। मिलन-विछोडलाई जीवनको शाश्वत सत्य मानिन्छ। विछोडको पीडाले धेरै समयसम्म सताइरहन्छ मानिसलाई।

triton college

विछोड हुँदा अथवा ब्रेकअप हुँदा कसलाई पो राम्रो लाग्ला र। कसलाई पो फाइदा होला र। यस्तै लाग्छ हामीलाई। त्यसबाट फाइदा हुने कुरा कसैले सोच्न पनि सक्दैन। तर, होइन। कतिपय अवस्थामा ब्रेक–अप अथवा चुँडिएको सम्बन्धले पनि फाइदा पुर्याउन सक्छ।

’द ब्रेक अप मोनोलग्स’ नामको किताबकी लेखिका रोजी विल्बीका अनुसार सम्बन्ध चुँडिनुको केही फाइदा पनि हुन्छ। रोजीले पहिले यसै नामले आफ्नो पडकास्ट प्रस्तुत गर्थिन् र पछि उनले किताब लेखेकी हुन्। किताबमा उनले आफ्नो निजी जीवनको विषयमा चर्चा गरेकी छन्। यस अतिरिक्त पडकास्टमा आउने पाहुनाहरुसँग कुराकानीको बीच उनले मानवीय सम्बन्धहरुको विषयमा जे कुरा बुझिन्, त्यो अनुभवलाई समेत आफ्नो किताबमा स्थान दिएकी छन्।

उनले उक्त किताबको लागि थुप्रै थेरापिस्ट, समाजशास्त्रीहरु र वैज्ञानिहरुसँग कुराकानी गरेकी छन्। बीबीसी रिल्ससँग कुरा गर्दै रोजी सुनाउँछिन्, 'मुटु टुट्दा हामी धेरै कुरा सिक्न सक्छौं। ब्रेक–अपलाई कहिल्यै पनि राम्रो मानिँदैन तर यसले केही सही र सकारात्मक हुने कुरालाई नकार्न सकिन्न।’

रोजीका अनुसार ब्रेक–अपले हामीलाई आफ्नो सम्बन्धमा हामी कस्तो व्यक्ति हुनुपर्ने अथवा हामीले कस्तो व्यक्तिसँग रिलेसनसिप राख्नुपर्छ भन्ने विचार गर्ने पुनः मौका दिन्छ। थुप्रै पटक मुटु दुखेपछि मात्रै हामीलाई स्वयंको बारेमा सही जानकारी प्राप्त हुन्छ र हामी उपयुक्त फैसला लिने लायक बन्छौं।

corrent noodles
Metro Mart

मानसिक स्वास्थ्य र व्यवहार विज्ञानका विशेषज्ञ डा समीर मल्होत्रा भन्छन्, 'कतिपटक सम्बन्ध बिग्रेपछि मात्रै हाम्रो आँखा खुल्छ। ब्रेक–अपले व्यक्ति स्वयंको कमी–कमजोरी प्रति अवगत गराउँछ र त्यसपछि आफूमा सुधार ल्याउन सकिन्छ। ब्रेक–अपलाई कसरी हेर्ने त्यो व्यक्तिमा निर्भर गर्छ।'

दिल्लीस्थित मनोवैज्ञानिक र म्यारिज काउन्सिलर शिवानी मिश्री साधुका अनुसार ब्रेक–अप सबैको लागि गाह्रो नै हुन्छ। यसबाट बाहिर आउने सबैको अनुभव पनि फरक–फरक हुन्छ। उनले सम्बन्ध चुँडिनु कतिपय अवस्थामा हाम्रो लागि पाठ हुने उनले बताइन्।

उनी भन्छिन्, 'जब ब्रेक–अप हुन्छ त्यसपछि प्रायः आफ्नो बारेमा बुझ्ने र आफूलाई सशक्त बनाउने मौका पाइन्छ। साथै उक्त सम्बन्धमा मैले के गल्ती गरेँ भनेर आत्मसमीक्षा पनि गर्नुपर्छ।'

रोजी विल्बीले मुटु चुँडिएपछिको पीडालाई नशाको लतसँग तुलना गरेकी छन्। उनका अनुसार सम्बन्ध बिग्रेपछि व्यक्तिको व्यवहार त्यो व्यक्ति जस्तो हुन्छ जसलाई नशा र लागु औषधको लत लागेको होस् र उसलाई नशा गर्नबाट बञ्चित गरिएको होस्।

उनी भन्छिन्, 'दिमागमा कति पटक डोपामिन रिवार्ड पाथवे सक्रिय हुन्छ जसका कारण सोही व्यक्तिसँग पटक पटक भेट्ने इच्छा जाग्न सक्छ र त्यो व्यक्ति प्राप्त नहुँदा तथा त्यससँगको सम्बन्ध टुट्दा व्यक्तिको अवस्था एउटा ड्रग्स एडिक्टको जस्तो हुन्छ।'

रोजी विल्बीका अनुसार सम्बन्धलाई कायम राख्न निकै मेहनत गर्नुपर्छ किनभने सम्बन्धको कारण जीवनमा धेरै समस्या पनि आइरहेको हुन्छ। तपाईंलाई अर्को व्यक्तिको राम्रो र नराम्रो सबै पक्षसँग डिल गर्नुपर्ने हुन्छ। उनी भन्छिन्, 'एउटा सम्बन्ध बिग्रिने बित्तिकै अर्को सम्बन्ध गाँस्नुअघि आफूलाई केही समय दिनु र स्वयंको बारेमा बुझ्नु आवश्यक हुन्छ।' तर यसको अर्थ कोही भिक्षु बनोस् अथवा सेक्ससँग पूरै टाढिएर सधैं बसोस् भन्ने होइन।

डा. समीर मल्होत्राको भनाइअनुसार धेरैलाई के लाग्छ भने एउटा सम्बन्ध टुट्यो भने तत्काल अर्को बनाइहालौं तर त्यो गलत हो। हाम्रो सबैभन्दा महत्वपूर्ण सम्बन्ध स्वयंसँगको हुन्छ। जसमा थोरै नियम, सन्तुलन र अनुशासन हुनुपर्छ। केही रचनात्मक रुचि र साेखहरुमा आफ्नो ऊर्जाको प्रगोग गर्नुपर्छ। तर रिलेशनशिप देखाउनको लागि मात्रै भनेर कसैसँग तत्काल नै सम्बन्ध गाँस्नु सही होइन।

उनी भन्छन्, 'सम्बन्धमा दुई कुरा महत्वपूर्ण हुन्छ- पहिलो हेल्थी कनेक्टेडनेस र हेल्थी डिस्टान्स (स्वस्थ दूरी)। अर्थात् स्वस्थ्य सम्बन्ध बनिरहोस्। त्यसको लागि प्रत्येक व्यक्तिले बुझ्नु जरुरी छ कि एकअर्कासँग सम्बन्ध कायम पनि रहोस् र साथै त्यसमा केही दूरी वा स्पेस पनि रहोस्। प्रत्येक व्यक्तिले सम्बन्धमा चाहन्छ उसलाई केही पर्सनल स्पेस प्राप्त होस्।'

शिवानी मिश्री साधुका अनुसार ब्रेक–अपलाई लिएर व्यक्तिको राय बदल्न थालेको छ। ब्रेक–अपपछिको स्थितिको चर्चा गर्दै पूजा शिवम् जेटली सुनाउँछिन्, 'त्यस्तो अवस्थामा फरक–फरक व्यक्तिसँग भेट्न सकिन्छ। स्वस्थ्य बानीहरु सुरु गर्न सकिन्छ, आफ्नो जीवनलाई नयाँ ढंगबाट जिउन सकिन्छ र सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो क्षमता र महत्व बुझ्न मद्दत मिल्छ।

बीबीसी हिन्दीबाट

 

प्रकाशित: Nov 01, 2023| 19:27 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्